काठमाडौं । शेयर बजार आइतबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० को विन्दुमा पुगेको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूह बढेका छन्। यो दिन वित्त समूह सर्वाधिक २.२२ प्रतिशतले बढेको छ।
आज बजारमा १८७ कम्पनीको शेयरभाउ बढ्दा ६४ कम्पनीको घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ५ अर्ब ६४ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- राधी विद्युतः ३६ करोड ५ लाख रुपैयाँ
- अपी पावरः ३३ करोड २१ लाख रुपैयाँ
- मञ्जुश्री फाइनान्सः २८ करोड २० लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः २६ करोड ५३ लाख रुपैयाँ
- एसवाई प्यानलः २२ करोड १० लाख रुपैयाँ
- रिडी पावरः १९ करोड ३० लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १७ करोड ९५ लाख रुपैयाँ
- शिवम सिमेन्टः १६ करोड ७ लाख रुपैयाँ
- सहास ऊर्जाः १३ करोड २५ लाख रुपैयाँ
- कुमारी बैंकः ८ करोड ७२ लाख रुपैयाँ












