काठमाडौं । शेयर बजार बुधबार एकल अंकले घटेको छ। नेप्से परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेको बैंकिङ समूह मात्रै बढेको छ भने बाँकी १२ वटा समूह घटेको छ। बैंकिङ समूह ०.०८ प्रतिशतले बढ्दा व्यापार समूह सर्वाधिक १.३८ प्रतिशतले घटेके छ।
यो दिन बजारमा १०० कम्पनीको शेयरभाउ बढ्दा १६७ कम्पनीको घटेको छ। आज १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ३ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार घलेम्दी हाइड्रोको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













