काठमाडौं । शेयर बजार शुक्रबार सामान्य अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ को विन्दुमा बन्द भएको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने बाँकी ९ वटा समूह घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ०.४४ प्रतिशतले बढ्दा व्यापार समूहमा सर्वाधिक २.५७ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा १०१ कम्पनीको शेयरभाउ बढ्दा १६४ वटाको घटेको छ। यो दिन १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार एग्रिकल्चर बन्ड८७ को भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













