काठमाडौं । शेयर बजार आज एकल अंकले घटेको छ। नेप्से परिसूचक ९.०४ अंकले घटेर २६४१.०५ को विन्दुमा बन्द भएको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। यो दिन लघुवित्त समूह सर्वाधिक ०.१९ प्रतिशतले बढ्दा व्यापार समूहमा सर्वाधिक ०.८६ प्रतिशतको गिरावट देखिएको छ।
बजारमा आज ८२ कम्पनीको शेयरभाउ बढेको छ भने १८० वटाको घटेको छ। यो दिन १४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा ३ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सोलु हाइड्रोपावरको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी













