काठमाडौं । शेयर बजार बिहीबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूमा रहेका १२ वटा समूह घटेको छ भने एउटा बढेको छ। आज व्यापार समूह ०.५९ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.८८ प्रतिशतले घटेको छ।
आज बजारमा ६४ कम्पनीको शेयरभाउ बढेको छ भने २०२ कम्पनीको घटेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार रिडी पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













