काठमाडौं । शेयर बजार सोमबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.२१ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूह ०.०२ प्रतिशतले घटेको छ।
आज बजारमा २३९ कम्पनीको शेयरभाउ बढेको छ भने ३२ कम्पनीको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा साढे ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी













