काठमाडौं । शेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार घटेर बन्द भएको छ। नेप्से परिसूचक ८.३० अंकले घटेर २६५३.४० को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूह बढेका छन् भने ८ वटा घटेका छन्। यो दिन वित्त समूह सर्वाधिक १.०६ प्रतिशतले बढ्दा बैंकिङ समूहमा सर्वाधिक ०.९६ प्रतिशतको गिरावट आएको छ।
बजारमा आज १०३ कम्पनीको शेयरभाउ बढेको छ भने १६० कम्पनीको घटेको छ। यो दिन १४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
यो दिन बजारमा ४ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार कृषि बन्डको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- कृषि बन्डः ४३ करोड
- केबीएल डिबेन्चरः ३९ करोड ६४ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १७ करोड ५५ लाख रुपैयाँ
- बेस्ट फाइनान्सः १० करोड रुपैयाँ
- सेन्ट्रल फाइनान्सः ८ करोड ९५ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ८ करोड ३० लाख रुपैयाँ
- ग्लोबल आइएमई बैंकः ७ करोड ९१ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः ७ करोड ५ लाख रुपैयाँ
- शिवम सिमेन्टः ६ करोड ९२ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः ६ करोड ७८ लाख रुपैयाँ












