काठमाडौं । शेयर बजार मंगलबार भारी अंकले ओरालो लागेको छ। यो दिन नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ को विन्दुमा झरेको हो।
बजार घट्दा एउटा समूह स्थिर रहेको छ भने बाँकी १२ वटा घटेका छन्। यो दिन म्युचुअल फन्ड स्थिर रहँदा वित्त समूहमा सर्वाधिक २.४४ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा ३४ कम्पनीको शेयरभाउ बढ्दा २२४ कम्पनीको शेयरभाउ स्थिर रहेको छ। यो दिन २ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज १४ अर्ब १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- राधी विद्युतः ५७ करोड ८५ लाख रुपैयाँ
- एसवाई प्यानलः ५७ करोड ६८ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ५१ करोड ४३ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ३९ करोड २ लाख रुपैयाँ
- बन्दीपुर केबलकारः ३७ करोड ३१ लाख रुपैयाँ
- श्रीनगर एग्रीटेकः ३४ करोड १६ लाख रुपैयाँ
- रिभर फल्स पावरः २७ करोड ८७ लाख रुपैयाँ
- ट्रेड टावरः २५ करोड ७८ लाख रुपैयाँ
- बुटवल पावरः २४ करोड ७२ लाख रुपैयाँ
- मञ्जुश्री फाइनान्सः २४ करोड २४ लाख रुपैयाँ












