काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेप्से र सीडीएससीलाई सर्ट सेलिङ सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै शेयर बजारमा हरियाली छाएको छ। आज नेप्से परिसूचकको ७९.७४ अंकको गतिलो बाउन्सब्याक देखिएको छ। योसँगै नेप्से २६७७.५४ को विन्दुमा उक्लिएको छ।
बजारीमा हरियाली छाउँदा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा घटेको छ। उत्पादन तथा प्रशोसन समूह सर्वाधिक ४.६० प्रतिशतले बढ्दा म्युचुअल फन्ड ०.२९ प्रतिशतले घटेको छ।
यो दिन बजारमा २५९ कम्पनीको शेयरभाउ बढेको छ भने १३ वटाको घटेको छ। आज २ वटा समूह स्थिर रहेका छन्।
बजारमा आज साढे ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार आँखुखोला जलविद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













