काठमाडौं । शेयर बजार शुक्रबार दोहोरो अंकले घटेको छ। यो दिन नेप्से परिसूचक १३.४६ अंकले घटेर २८३७.७७ को विन्दुमा झरेको छ।
बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.५९ प्रतिशतले बढ्दा अन्य समूह सर्वाधिक १.३९ प्रतिशतले घटेको छ।
बजारमा आज ५६ कम्पनीको शेयरभाउ बढ्दा २०९ कम्पनीको घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा करिब ९ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार नेसनल हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेसनल हाइड्रोपावरः ५१ करोड ३२ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः ४३ करोड ५९ लाख रुपैयाँ
- रिडी पावरः ३८ करोड १४ लाख रुपैयाँ
- सोलु हाइड्रोः ३६ करोड ८२ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ३१ करोड ४६ लाख रुपैयाँ
- शिवम सिमेन्टः २५ करोड २७ लाख रुपैयाँ
- एसवाई प्यानलः २४ करोड ४४ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २२ करोड ४७ लाख रुपैयाँ
- हिमाल दोलखा हाइड्रोपावरः २१ करोड ५१ लाख रुपैयाँ
- अपी पावरः २० करोड रुपैयाँ












