काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ९.१२ प्रतिशतले बढ्दा लघुवित्त समूहमा सर्वाधिक ०.४६ प्रतिशतको गिरावट आएको छ।
आज बजारमा १३६ कम्पनीको शेयरभाउ बढेको छ भने ११७ कम्पनीको घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज १४ अर्ब ८३ करोड रुपैयाँ बढीको करोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- राधी विद्युतः ६७ करोड ४३ लाख रुपैयाँ
- अपी पावरः ५७ करोड ८७ लाख रुपैयाँ
- एचआईडीसीएलपीः ४५ करोड ७० लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ४१ करोड ३१ लाख रुपैयाँ
- शिवम सिमेन्टः ३९ करोड १० लाख रुपैयाँ
- सिंगटी हाइड्रोः ३६ करोड ३३ लाख रुपैयाँ
- कुमारी बैंकः ३५ करोड २० लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३२ करोड ३४ लाख रुपैयाँ
- रिडी पावरः ३० करोड ४० लाख रुपैयाँ
- एसवाई प्यानलः २७ करोड ४७ लाख रुपैयाँ












