काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार घटेको छ। नेप्से परिसूचक आज १०.२५ अंकले घटेर २६९८.४४ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। अन्य समूह सर्वाधिक ०.४६ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह २.१३ प्रतिशतले घटेको छ।
आज बजारमा ८५ कम्पनीको शेयरभाउ घटेको छ भने १६८ कम्पनीको बढेको छ। यो दिन ७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ११ अर्ब ६५ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सुपर माई हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- सुपर माई हाइड्रोपावारः ५६ करोड ३ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः ५१ करोड ४९ लाख रुपैयाँ
- राडी पावरः ४७ करोड ७४ लाख रुपैयाँ
- राधी विद्युतः ४३ करोड ९८ लाख रुपैयाँ
- एसवाई प्यानलः ४२ करोड ४१ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ३७ करोड ७ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३४ करोड ९५ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः २५ करोड ९३ लाख रुपैयाँ
- नेपाल माइक्रा इन्स्योरेन्सः २२ करोड ६३ लाख रुपैयाँ
- खानीखोला हाइड्रोपावरः २२ करोड ७ लाख रुपैयाँ












