काठमाडौं । नेपाली बजारमा आज जेठ २७ गते सुन – चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १० हजार १ सय रुपैयाँले घटेको हो ।
योसँगै आज सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४७ सय ४० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४९ सय २५ रुपैयाँमा कारोबार भएको थियो।












