काठमाडौं । आज नयाँ वर्ष २०८३ को तेस्रो दिन वैशाख ४ गते सुन चाँदीको भाउ घटेको छ। नेपाल सुन चाँदी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।
यससँगै आज सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । हिजो सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १२० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार २५० रुपैयाँ कायम भएको थियो ।












