काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २५ दशलमव ०७ अंकले बढेर २,६७८ को विन्दुमा कायम भएको छ । आज १९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ७ दशलमव ८५ प्रतिशतका दरले कमाएका छन् । जानकी फाइनान्सका लगानीकर्ताले ६ दशलमव ९४ प्रतिशतका दरले कमाएका छन् ।