काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ५८ अंकले बढेर २,६६१ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ७ दशलमव ६५ प्रतिशतका दरले कमाएका छन् । सािनिमा माई हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका हुन् ।