IME Life New

आज पृथ्वी बन्नेछ इतिहासकै अद्भुत घटनाको साक्षी, २४ घन्टाभन्दा कमको हुनेछ दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बुधबार (जुलाई ९) पृथ्वीको इतिहासको सबैभन्दा छोटो दिन हुन सक्छ। वैज्ञानिकहरुले यो अनौठो घटनाको कारण पृथ्वीको आफ्नो अक्षमा परिक्रमा गति पहिलेभन्दा बढी बढेको बताएका छन्।

वैज्ञानिकहरुले आजबाहेक जुलाई २२ र अगस्ट ५ का दिनहरु पनि सामान्यभन्दा १.३–१.५१ मिलिसेकेन्ड छोटो हुने भविष्यवाणी गरेका छन्। यी दिनमा चन्द्रमा पृथ्वीको भूमध्य रेखाबाट सबैभन्दा टाढा हुनेछ।

Esewa
Crest

वैज्ञानिकहरुले पृथ्वीको परिक्रमा गतिमा आएको परिवर्तनको कारण पृथ्वीको चुम्बकीय क्षेत्रको कमजोरी, चन्द्रमाको स्थिति, हिमनदीहरु पग्लने र पृथ्वीको भित्री भागमा हुने गतिविधिहरुलाई बताएका छन्।

लिभरपूल विश्वविद्यालयका भूभौतिकशास्त्री रिचर्ड होल्मेका अनुसार वैज्ञानिकहरुले सन् २०२० र २०२२ मा आणविक घडीहरुको विश्लेषण गर्दा पृथ्वीको परिक्रमा गति बढ्दै गएको पत्ता लगाएका थिए्। आणविक घडीहरुले समय मापन गर्न परमाणुहरुको कम्पन प्रयोग गर्छन्। गत वर्ष जुलाई ५ मा वैज्ञानिकहरुले २४ घन्टाभन्दा कमको दिन पनि रेकर्ड गरेका थिए।

पृथ्वीको आफ्नो अक्षमा परिक्रमा गर्ने गतिमा अप्रत्याशित वृद्धिका कारण दिन छोटो हुँदै गएको वैज्ञानिकहरु बताउँछन्। यद्यपि, दिनको समयमा हुने यो परिवर्तन मिलिसेकेन्डको हुनेछ। जुन सामान्य मानिसले महसुस गर्न सम्भव छैन र यसले दैनिक जीवनमा कुनै फरक पार्ने छैन। विज्ञहरु भन्छन्, ‘यो सानो परिवर्तनले पनि उपग्रह प्रणाली, जीपीएस र समय ट्रयाक गर्ने तरिकालाई असर गर्नेछ।

सौर्य दिन ठ्याक्कै ८६ हजार ४०० सेकेन्ड अर्थात् २४ घन्टा रहनुपर्छ। तर, पृथ्वीको परिक्रमा इतिहास अस्थिरताको रहेको छ। विशेषगरी सन् २०२० देखि पृथ्वी छिटो घुम्न थालेको हो। यसका कारण दिनको समय २४ घन्टाभन्दा कम हुँदै गइरहेको छ। पृथ्वीको परिक्रमा परिवर्तनको कारण सामान्यतया भूकम्प र समुद्री धाराहरु हुन्।

पृथ्वीको परिक्रमा गतिमा परिवर्तनको यो प्रवृत्ति जारी रह्यो भने आगामी ५० अर्ब वर्षमा पृथ्वीको परिक्रमा चन्द्रमाको कक्षासँग मिल्दोजुल्दो हुने वैज्ञानिकहरुको विश्वास छ। यदि यसो भयो भने चन्द्रमाको एउटा मात्र भाग सधैँ देखिनेछ। अर्थात् यो ग्रहको आधा भागमा मात्र देखिनेछ। यद्यपि, यो धेरै लामो समय हुनेछ र त्यतिन्जेलसम्म पृथ्वीमा धेरै परिवर्तन भइसकेका हुनेछन्। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

70%
amazed

अचम्मित

20%
excited

उत्साहित

10%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS