काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा १० हजार ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावा सुन २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेर ५ हजार ८७० रुपैयाा कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँले बढेर ५ हजार ९२० रुपैयाँमा किनबेच भएको थियो।












