IME Life New

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

सोल्टी होटलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि भोली अर्थात मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्दैछ । साहस उर्जाले भोली मंसिर ५ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Esewa
Crest

सोल्टी होटलले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सो प्रस्ताव पारित गर्न मंसिर २८ गते, आइतबार, त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौँमा ५१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

त्यस्तै, साहस उर्जाले मंसिर २४ गते, बुधबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले गत आर्थिक वर्षको साधारण सभाले पारित गरेको शतप्रतिशत हकप्रद शेयरलाई संशोधन गरी हाल बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रस्ताव पारित गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS