IME Life New

यी ४ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चार म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज भदौ १२ गते अन्तिम दिन रहेको छ।

एनएमबि क्यापिटल र सिटिजन्स क्यापिटलले सञ्चालन गरेका २–२ वटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१।८२ को लाभांश वितरण गर्न भोलि भदौ १३ गते बुक क्लोज गरिएको छ। यसको अर्थ आजसम्म कायम इकाइधनीहरुले यी ४ म्युचुअल फन्डको लाभांश पाउनेछन्।

Esewa
Crest

एनएमबि क्यापिटलले एनएमबि–५० र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को उक्त आर्थिक वर्षको मुनाफाबाट इकाइधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार इकाइधनीहरुलाई करसहित दुवै योजना १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय बैठकले गरेको छ।

यसैगरी योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले उक्त आर्थिक वर्षको मुनाफाबाट सिटिजन्स म्युचुअल फन्ड–२ र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको घोषणा वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार इकाइधनीहरुलाई करसहित सिटिजन्स म्युचुअल फन्ड–२ मा ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फन्डमा १२.७५ प्रतिशत नगद लाभांश वितरण गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS