IME Life New

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। सो बोनस शेयर वितरणको प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते, द प्लाजा, पुल्चोक, ललितपुरमा ३४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

Esewa
Crest

सो सभाले बोनस शेयरको कर प्रयोजनार्थ १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने, २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरी प्राप्त रकमको उपयोग गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकहरुको नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS