IME Life New

‘एनआई-३१’का इकाइ खरिद गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआई-३१’का इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ।

यो म्युचुअल फन्डको सार्वजनिक निष्कासन गत साउन ३० गतेबाट गरिएको थियो। यसमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

Esewa
Crest

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ र कोष प्रवद्र्धक नबिल बैंक रहेका यस योजनाको पहिलो चरणमा २५ करोड रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिएको छ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल २ करोड ५० लाख इकाइ निष्कासन गरिएको छ।

कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने ३७ लाख ५० हजार इकाइ योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङलाई सुरक्षित राखी बाँकी रहने १ करोड ५० लाख इकाइमध्ये प्रथम चरणमा सर्वसाधारणलाई १ करोड १२ लाख ५० हजार इकाइ बिक्री खुला गरिएको छ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा २५ लाख इकाइसम्म खरिद आवेदन दिन पाउनेछन्। इकाइ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS