IME Life New

वैदेशिक रोजगारमा रहेकाले होटल फरेष्ट इनको आइपीओ भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारमा रहेका नेपालीले होटल फरेष्ट इनको आइपीओ भर्ने आज माघ ८ गते अन्तिम दिन रहेको छ।
यो होटलले गत माघ ४ गतेदेखि पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारमा रहेका नेपालीको आइपीओ जारी गरेको थियो। यो आइपीओमा वैदेशिक रोजगारमा रहेका नेपाली आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले होटल फरेष्ट इनलाई ४० करोड रुपैयाँबराबरको अर्थात १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता शेयर जारी गर्न अनुमति दिएको छ। त्यसमध्ये १० प्रतिशतले हुन आउने ४ लाख कित्ता शेयर होटलले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको छ।

Esewa
Crest

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २ लाख कित्ता शेयरका लागि खरिद आवेदन दिन सक्नेछन्। आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका शाखा र सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आइपीओ बिक्री गर्नेछ । यो होटलको आइपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS