IME Life New

प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको इकाइ खरिद गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको इकाइ खरिदका लागि आवेदन दिने आज असार ६ गते अन्तिम दिन रहेको छ।

यो म्युचुअल फन्डका इकाइहरुमा जेठ २३ गतेदेखि आवेदन खुला गरिएको थियो। यसमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने यस योजनाका ४० करोड रुपैयाँबराबरको इकाइ बिक्री खुला गर्ने अनुमति दिएको छ। जसअन्तर्गत १० रुपैयाँ अंकित दरका कुल ४ करोड इकाइ जारी गरिने भएको हो।

कुल इकाइमध्ये ७.५ प्रतिशतले हुन आउने ३० लाख इकाइ कोष प्रवद्र्धक संस्था प्रभु बैंक र ७.५ प्रतिशतले हुन आउने ३० लाख इकाइ योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखिएको छ। प्रथमपटक सर्वसाधारणमा २ करोड ५० लाख इकाइ बिक्री खुला गरिएको छ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा ३१ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो शेयरबाट पनि खरिद आवेदन दिन सकिनेछ।

यस योजनाका इकाइ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रवद्र्धकलाई इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई केयर रेटिङ नेपालले केयर एनपी एएमसी क्वालिटी ३ प्लस रेटिङ प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS