IME Life New

एसवाई प्यानलको आइपीओ भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उद्योग प्रभावित क्षेत्रका बासिन्दाले एसवाई प्यानल नेपालको आइपीओ भर्ने आज असोज २१ गते अन्तिम दिन रहेको छ।

यो कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दालाई गत असोज ७ गतेबाट आइपीओ बिक्री खुला गरेको छ। स्थानीय आज बैंकिङ समयसम्म आइपीओमा आवेदन दिन सक्नेछन्।

Esewa
Crest

पाल धितोपत्र बोर्डले एसवाई प्यानललाई जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँबराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर जारी गर्न अनुमति दिएको छ। कुल कित्तामध्ये २ प्रतिशत अर्थात २ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँबराबरको २ लाख ६१ हजार ६२९ कित्ता शेयर स्थानीयका लागि निष्कासन गरिएको छ।

यो आइपीओमा चितवनको रत्ननगर नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

एसवाई प्यानलको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। स्थानीयले एसवाई प्यानलको रत्ननगरस्थित कार्यालयका साथै प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालय र क्यापिटलले निर्माण गरेको अनलाइनबाट आवेदन दिन सक्नेछन्।

स्थानीयले प्रभु बैंकको सौराहा र टाँडी शाखा कार्यालयबाट पनि आइपीओमा आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS