काठमाडौं । वैदेशिक रोजगारमा रहेका नेपालीले एभरेष्ट कलरको आइपीओ भर्ने आज वैशाख २२ गते अन्तिम दिन रहेको छ।
यो कमपनीले गत वैशाख १६ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारमा रहेका नेपालीले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले आफ्नो जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँबराबरको ७ लाख ९० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ। त्यसमध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँबराबरको ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको छ।
वैदेशिक रोजगारमा रहेका नेपालीले यो आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा ७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।
एभरेष्ट कलरको आइपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।












