IME Life New

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ।

बैंकले गत असोज २ गतेदेखि आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरेको थियो। यो शेयरमा आज बैंकिङ समयम्म आवेदन दिन सकिनेछ।

Esewa
Crest

बैंकले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। जसअनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको छ।

बैंकको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही र नवलपरासी शाखा कार्यालय तथा नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय, यज्ञपुरी शाखा, टाँडी शाखा, पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसैगरी शेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयर पनि आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुक क्लोज गरेको थियो। यसको अर्थ गत भदौ ८ गतेसम्म कायम शेयरधनीले यो हकप्रद शेयर भर्न पाउँछन्।

हाल बैंकको चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि बैंकको चुक्तापुँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS