IME Life New

स्थानीयले कालंगा हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आयोजना प्रभावित स्थानीयले कालंगा हाइड्रोको आइपीओ भर्ने आज चैत २४ गते अन्तिम दिन रहेको छ।

कालंगा हाइड्रोले चैत १० गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेको थियो। स्थानीय आज बैंकिङ समय आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीका लागि भने चैत १५ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो।

Esewa
Crest

कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँबराबरको ४९ लाख कित्ता शेयर जारी गर्ने अनुमति पाएको छ। जसमध्ये पहिलो चरणमा १४ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको छ।

स्थानीयलाई छुट्याइएको शेयरमध्ये ९ लाख १० हजार कित्ता शेयर आयोजनाको अतिप्रभावित क्षेत्र बझाङको केदारस्युँ गाउँपालिका वडा नं ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं ६ र ८, बुंगल नगरपालिकाको वडा नं ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं १ र २ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नं १ का स्थायी बासिन्दाहरुलाई र ४ लाख ९० हजार कित्ता शेयर बझाङको केदारस्युँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका र दार्चुलाको शैल्यशिखर नगरपालिकाको अतिप्रभावित क्षेत्रमा नपरेका सम्पूर्ण वडाका स्थानीयमा छुट्याइएको छ।

यो आइपीओमा स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन पाउनेछन्। स्थानीयले बिक्री प्रबन्धकका साथै आयोजनस्थल कार्यालय, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको केदारस्युँ १ शाखा, ग्लोबल आइएमई बैंकको जयपृथ्वी नगरपालिका १०, बझाङ, गोकुलेश्वर, शैल्यशिवर ९, दार्चुला शाखा, कुमारी बैंकको छविसपाथिभारा गाउँपालिका, बझाङ र डिलासिनी गाउँपालिका, बैतडी शाखा तथा कृषि विकास बैंकको बुंगल नगरपालिका ४, बझाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS