IME Life New

टाइटानिक दुर्घटनाका जीवित यात्रुले लेखेको पत्र साढे ५ करोडमा बिक्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बहुचर्चित टाइटानिक पानीजहाज दुर्घटनाका एक जीवित यात्रुले लेखेको पत्र साढे ५ करोड रुपैयाँमा बिक्री भएको छ।

बेलायतको हेर्नी अल्र्डिज एन्ड सन अक्सन हाउसमा आइतबार कर्णेल आर्किब्लाड गार्सिईले टाइटानिक पानीजहाजमा यात्रा सुरु भएको दिन लेखेको पत्र लिलामी प्रक्रियामार्फत बिक्री भएको हो। यो पत्र सन् २०१२ अप्रिल १० का दिन लेखिएको छ। त्यस दिन चालक दलका सदस्यसहित २ हजार २०० जना यात्री लिएर यो जहाज अमेरिकाको न्युयोर्कतिर जाँदै थियो।

Esewa
Crest

लिलामीमा यो इतिहासिक पत्र सोचेभन्दा ५ गुणा बढी मूल्यमा बिक्री भएको हो। यो पत्र ८० हजार डलरमा बिक्री हुने अनुमान गरिएको थियो तर बिक्री भयो ४ लाख डलर (५ करोड ४६ लाख रुपैयाँ)मा बिक्री भएको छ।

पत्रमा कर्णेल गार्सिईले सुरक्षित पानीजहाजमा आफ्नो यात्रा सुरु भएको र यात्राको अन्तिम दिनको पर्खाइमा रहेको उल्लेख गरेका छन्।

यात्रा सुरु भएको पाँचौँ दिनमा उत्तरी एटलान्टिकमा एउटा बरफको पहाडमा तोक्किएर टाइटानिक जहाज समुद्रमा दुर्घटनाग्रस्त भएको थियो। यो जहाज दुई टुक्रा भएर समुद्रमै बिलिन हुन पुगेको थियो।

जहाज दुर्घटनामा १ हजार ५०० जनाभन्दा बढीको यात्री मृत्यु भएको थियो। कर्णेल गार्सिईसहित बाँकी यात्रुको भने जीवितै उद्धार भएको थियो। यो दुर्घटना सम्झिएर उनले ‘द ट्रुथ अबाउट द टाइटानिक’ नामक पुस्तक पनि लेखेका छन्।

कर्णेल गार्सिई सन् १९१२ डिसेम्बर २ मा अस्वस्थ भई कोमामा गए। त्यसको २ दिनपछि उनको निधन भएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS