IME Life New

दिउँसो २ बजेसम्म देशभर करिब सवा ६२ लाख मत खस्यो, कुन प्रदेशमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार दिउँसो २ बजेसम्म देशभरि करिब सवा ६२ लाख मत खसेको छ।

देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो । सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४७ प्रतिशत मत खसेको छ भने गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको छ ।

Esewa
Crest

देशभरिका १० हजार ९६७ मतदान स्थलमा केहीबाहेक सबैतिर बिहान ७ बजेदेखि मतदान भइरहेको छ । अहिलेसम्म जम्मा देशभर कुल ३३ प्रतिशत मत खसेको छ । जसमा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भुक्तापुरमा अहिलेसम्म ५ लाख ५२ हजार ८८६ मत अर्थात ४७ प्रतिशत खसेको छ।

कुन प्रदेशमा कति खस्यो मत ?

  • कोशीमा ११ लाख ४९ हजार ५७१ मत (३२ प्रतिशत)
  • मधेशमा १० लाख २४ हजार ४४१ मत (२८ प्रतिशत)
  • बागमती (उपत्यकाबाहेक)मा ८ लाख ५३ हजार ५२९ मत (३४ प्रतिशत)
  • गण्डकीमा ७ लाख २४ हजार १३० मत (३९ प्रतिशत)
  • लुम्बिनीमा ९ लाख ७७ हजार ४१९ मत (२९ प्रतिशत)
  • कर्णालीमा ३ लाख ५९ हजार ५१५ मत (३६ प्रतिशत)
  • सुदूरपश्चिममा ५ लाख ६८ हजार ५५१ मत (३३ प्रतिशत)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS