IME Life New

नवनियुक्त तीन मन्त्रीले लिए सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकारमा नवनियुक्त तीन मन्त्रीले सोमबार पद तथा गोपनीयता सपथ ग्रहण गरेका छन्।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृह, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई शपथ ग्रहण गराएका हुन्।

Esewa
Crest

खनाल पूर्वसचिवसमेत हुन्। उनले आफू मन्त्री पदमा रहँदा अतिरिक्त सेवासुविधा नलिन घोषणा गरेका छन्।

यसैगरी घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्। उनले अन्तरिम सरकारको भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी पाएका छन्। अर्याल अधिवक्ता र जेनजी आन्दोलनका सहजकर्ता पनि हुन्।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS