IME Life New

स्वतः निलम्बनमा परेकाहरू कार्यालयमा नियमित हाजिर, बीमा प्राधिकरणले कस्तो कारवाही गर्ला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुनर्बीमक र बीमक जोडिएको मुद्दामा सम्पत्ति शुद्धिकरण निवारण ऐन र  बीमा ऐन अन्तर्गतको कसूरमा अभियुक्त ठहर्‍याइएका प्रमुख कार्यकारी अधिकृतहरू कार्यालयमा हाजिर भएर नियमित काम कारवाही गरिरहेको पाइएको छ।

बिहीबार अभियोग पत्र दायर भएलगत्तै स्वतः निलम्बनमा परेकाहरू शुक्रबार नियमित समयमै कार्यालयमा उपस्थित भएर काम कारवाही गरेका हुन् ।

Esewa
Crest

सरकारी वकीलको कार्यालयले काठमाडाैं जिल्ला अदालत, पाटन उच्च अदालत र विशेष सरकारी वकीलको कार्यालयले विशेष अदालतमा दुई पुनर्बीमा कम्पनी, ५ लघु बीमा कम्पनी र १ जीवन बीमा कम्पनीविरूद्ध अभियोग पत्र दायर गरेको थियो। जेठ २८ र २९ गते अभियोग पत्र दायर भएकोमा जेठ २९ गतेको अभियोगमा समावेश भएका प्रमुख कार्यकारी अधिकृतहरू मात्र नभएर जेठ २८ गते नै अभियुक्त ठहर्‍याइएका प्रमुख कार्यकारी अधिकृत र अन्य तहका कर्मचारीहरू नियमित झैं कार्यालयमा हाजिर भएर काम गरेका हुन्।

बीमा प्राधिकरणका एक उच्च अधिकारीका अनुसार, स्वतः निलम्बनमा पर्ने कानूनी प्रावधानबारे बीमकको प्रमुख कार्यकारीहरू जानकार हुँदाहुँदै पनि बीमा ऐन २०७९ को प्रावधान उलंघन गरेको विषयमा कारवाहीको भागी हुनेछन् । उनले भने, कानूनी व्यवस्थाबारे माैखिकरूपमा सचेत गराउँदा गराउँदै पनि अटेर गरेको विषय नियामकीय कारवाहीको दायरामा पर्नेछ।

बीमा ऐन २०७९ को दफा १४२ मा दफा १४० अन्तर्गतको कसूर गरेकाहरूविरूद्ध अभियोग लागेको अवस्थामा स्वतः पदबाट निलम्बन हुने प्रावधान छ। यसबाहेक सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ को दफा २७ मा दफा २२ बमोजिमको मुद्दा दायर भएकोमा मुद्दा किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिने प्रावधान छ।

के हुनेछ कारवाहीः

बीमा ऐन उलंघन गरेकाहरू विरूद्ध प्राधिकरणले दुई प्रकारको कारवाही गर्न सक्छ। पहिलोमा प्रत्येकलाइ व्यक्तिगतरूपमा २ लाख रूपैयाँ जरिवानाको सजाय गर्न सक्छ। दोश्रो विकल्पका रूपमा ऐन उलंघन गरेकोमा उनीहरूले अदालतबाट यो अभियोगमा सफाइ पाएर पद बहाली गरेमा प्राधिकरणले पुनः निलम्बनको कारवाही समेत गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS