IME Life New

आजसम्म शेयर किन्नेले रिज लाइन इनर्जीको प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिज लाइन इनर्जीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली असोज २३ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

रिज लाइन इनर्जीले हाल कायम चुक्तापुँजीको १२ करोड ४७ लाख ३६ हजार ८४२.११ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। यो लाभांश पारित गर्न कम्पनीले आउँदो कात्तिक १७ गते आफ्नो पाँचौँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको कुपण्डोलस्थित कुपण्डोल ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सोही सभाले लाभांश पारित गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पनि निर्वाचन गर्नेछ।

सभाले दूधपोखरी चेपे हाइड्रोपावरको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकमा दिइएको संस्थागत जमानत अनुमोदन गर्नेछ। सभाले मैवा खोला जलविद्युत आयोजना (१२.५०४ मेवा)को विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र हस्तान्तरण तथा बिक्री गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS