IME Life New

आजसम्म शेयर किन्नेले दुई कम्पनीको प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ८ गते अन्तिम दिन रहेको छ । एनएमबि बैंक लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि भोलि पुस ९ गते बुक क्लोज गर्दैछन् । त्यसकारण आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिनुको साथै लाभांश पाउनेछन्।

एनएमबि बैंकले आफ्नो ३० औँ वार्षिक साधारणसभा पुस २४ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश छन्।

बोनस शेयर वितरणपछि हालको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त रायसुझाव र निर्देशन समेट्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

साना किसान विकास लघुवित्तले हाल कायम चुक्तापुँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार ५१३.७८ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ६४ करोड ६८ लाख ९३ हजार २२७.०७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १४.२५ प्रतिशतले हुन आउने ६१ करोड ४५ लाख ४८ हजार ५६५.७१ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने ३ करोड २३ लाख ४४ हजार ६६१.३५ रुपैयाँबराबरको नगद लाभांश छन्।

लाभांश पारितका लागि लघुवित्तले पुस २५ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ः१५ बजे चौबीसौं वार्षिक साधारणसभा बस्दैछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS