IME Life New

मदिरा बिक्रीवितरण कार्यमा १८ वर्ष नपुगेका र गर्भवतीलाई लगाउन नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मदिरा बिक्रीवितरण कार्यमा १८ वर्ष नपुगेका र गर्भवतीलाई लगाउन नपाउने भएको छ।

आन्तरिक राजस्व विभागले अन्तःशुल्क निर्देशिका, २०६८ मा परिमार्जित गर्दै यस्तो व्यवस्था गरेको हो। यो परिमार्जित निर्देशका अनुसार अब मदिरा व्यवसायीले मदिरा बिक्रीवितरण गर्ने कार्यमा १८ वर्ष नपुगेका र गर्भवतीलाई लगाउन पाउने छैनन्।

Esewa
Crest

यसैगरी होटल र रेस्टुरेन्टबाहेक मदिराको कारोबार गर्नेले मदिरा र सुर्तीजन्य वस्तुको मात्र कारोबार गर्न पाउनेछन्। डिमार्टमेन्टल स्टोरले मदिराजन्य पदार्थ बिक्री गर्ने प्रयोजनका लागि अलग्गै बिक्री कक्षको व्यवस्था गर्नुपर्ने प्रावधान परिमार्जित निर्देशिकामार्फत गरिएको छ।

अब प्रत्येक बोतलको बिर्को र बोतलमा पर्ने गरी अन्तःशुल्क टिकट टाँसी निष्कासन गर्नुका साथै मदिरा खरिदबिक्री गर्ने व्यवसायीले बीजक पनि राख्नुपर्ने अनिवार्य गरिएको छ। अन्तःशुल्क टिकट नरहेको सामान बिक्रीका लागि राखेको पाइएमा वस्तु जफल गरी कानुबमोजिम दण्ड जरिवाना गरिने व्यवस्था गरिएको छ।

यसैगरी अब बिहान १० बजेदेखि राति १० बजेसम्म मदिरा बिक्रीवितरण गर्न पाइनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS