IME Life New

प्रभु बैंकमा आबद्धले इला होटल्स र मौलाकाली केबलकारमा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेड, इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान गर्नेछ।

समझदारीपत्रमा प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरे ।

Esewa
Crest

यस सहकार्य अन्तर्गत, प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले होटलको खानपानमा १० प्रतिशत, केबलकार टिकटमा २० प्रतिशत, आवास सेवामा १० प्रतिशत छुट र केबलकार यात्रा निःशुल्क हुनेछ ।

यस सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको छ, जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्नेछ। ग्राहक तथा कर्मचारीहरूलाई उच्चस्तरीय जीवनशैली अनुभव प्रदान गर्न यो सहकार्य महत्वपूर्ण उपलब्धि हो।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै बैंक अफ द इयर २०२३ू को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS