IME Life New

यसवर्ष मनसुनमा १४० जनाको ज्यान गयो, ३० जनाको अवस्था अझैसम्म अज्ञात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । करिब १३५ दिनसम्म जारी रहेको २०८२ सालको मनसुनमा वर्षाका कारण हुने विपद्का घटनामा १४० जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको प्रतिवेदनमा मनसुन अवधिभर १,४५४ विपद्का घटना दर्ता भएकोमा ३० जना अझैसम्म बेपत्ता छन् । अन्य ३०० जना घाइते भएका छन्।

Esewa
Crest

प्राधिकरणको प्रतिवेदन अनुसार, पहिरोबाट सबैभन्दा बढी ६७ जनाको मृत्यु भएको छ। बाढीबाट ३७ जना र चट्याङबाट २९ जनाको मृत्यु भएको छ । गत मे २९ देखि अक्टोबर १० सम्मको मनसुनको अवधिमा बाढी, पहिरो, चट्याङ् सहितका विपदबाट कुल ५,९९५ परिवार प्रभावित भएका छन्।

यसैबीच, यस अवधिमा आगलागी र सर्पदंश जस्ता अन्य विपद्हरूमा थप १२० जनाको मृत्यु भएको छ । अन्य ६२२ जना घाइते भएका छन्, प्राधिकरणले प्रतिवेदनमा उल्लेख गरेको छ।

गत असोज महिनामा नेपालमा लगातार तीन दिनसम्म मनसुनी बादल पूर्ण सकृय रहँदा प्राकृतिक विपद कम्तीमा ५२ जनाले ज्यान गुमाएका थिए। सबैभन्दा धेरै ज्यान गुमाउनेमा इलाम जिल्लाका थिए।

मानवीय क्षति मात्र नभएर देशभरि पहिरो र बाढीका कारण सडक, पुल, जलविद्युत अायोजना, विद्यालय, सामुदायीक भवन, विद्युत प्रशारण लाइन, पूर्वाधारमा पनि क्षति व्यापक पुर्‍याएको छ।

निजी क्षेत्रका ऊर्जा विकासकर्ताहरूको प्रतिनिधि निकाय स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपाल (इप्पान) का अनुसार बाढी र पहिरोले १८ जलविद्युत परियोजनाहरूलाई प्रत्यक्ष असर गरेको छ। यीमध्ये १३ सञ्चालनमा रहेका र पाँच निर्माणाधीन परियोजनाहरूले विद्युत उत्पादन हुन्।

जलविद्युत सम्भावनामा धनी देशले हालैका वर्षहरूमा जलवायु परिवर्तनसँग सम्बन्धित विपत्तिका कारण यस महत्वपूर्ण पूर्वाधारमा पनि जोखिमको सामना गरिरहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार हालैको अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा नदी किनारको कटान, बाढी र डुबान भएको छ, जसको परिणामस्वरूप नदी किनारका लगभग १,५०० मिटर तटबन्धहरू कटान भएका छन् र लगभग १० करोड रुपैयाँको अनुमानित प्रारम्भिक क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS