IME Life New

भारतको यो राज्यले ल्यायो गज्जबको स्किम, रक्सीको खाली बोतल ल्याउनेले रु. २० पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको केरला राज्य सरकारले दुई नयाँ पहल सुरु गर्ने भएको छ। जुन रक्सी बिक्री र यसको प्याकेजिङसँग सम्बन्धित हुनेछ।

यस पहलअन्तर्गत एउटा रक्सीको बोतलमा भारु २० अतिरिक्त तिर्नुपर्नेछ। यद्यपि, बोतल फिर्ता गर्दा यो पैसा फिर्ता गरिनेछ। प्लास्टिकको फोहोरबाट वातावरणमा हुने क्षति कम गर्न केरला सरकारले यो कदम चालेको बताइएको छ। साथै, यो पहलले वातावरण संरक्षणसँगै जिम्मेवार उपभोगलाई प्रवर्द्धन गर्नेछ।

Esewa
Crest

प्लास्टिकको फोहोरबाट उत्पन्न हुने वातावरणीय चिन्तालाई सम्बोधन गर्न अन्तःशुल्क विभागले दुई निर्णय घोषणा गरेको छ। पहिलो निर्णयमा केरला राज्य पेय पदार्थ निगम (बेभको) को आउटलेटहरुमा बेचिने प्रिमियम रक्सी अब प्लास्टिकको बोतलमा उपलब्ध हुने छैन भनिएको छ। अब राज्यमा ८०० रुपैयाँभन्दा माथिको रक्सी मात्र सिसाको बोतलमा बेचिनेछ।

दोस्रो ठूलो निर्णयअन्तर्गत बेभको आउटलेटहरुबाट खरिद गरिएका सबै रक्सीका बोतलहरु (चाहे प्लास्टिक होस् वा गिलास) मा २० रुपैयाँ बढी तिर्नुपर्नेछ। बोतल फिर्ता गर्दा यो रकम फिर्ता गरिनेछ। प्रत्येक बोतलमा क्यूआर कोड हुनेछ। जसले फिर्ता प्रक्रिया ट्रयाक गर्न मद्दत गर्नेछ। यद्यपि, फिर्ता रकम बेभको आउटलेटबाट मात्र उपलब्ध हुनेछ। जहाँबाट बोतल खरिद गरिएको हो।

मन्त्री एमबी राजेशले स्पष्ट पारे, ‘यी २० रुपैयाँ अतिरिक्त शुल्क होइन तर यो निक्षेप रकम हो। जुन जिम्मेवार उपभोगलाई प्रवर्द्धन गर्न हो।’

यो पहल कार्यान्वयन गर्न केरला सरकारले क्लिन केरला कम्पनीसँग साझेदारी गरेको छ। यस योजनाको पाइलट परियोजना सेप्टेम्बर २०२५ देखि तिरुवनन्तपुरम र कन्नुर जिल्लामा सुरु गरिनेछ। यदि यो परियोजना सफल भयो भने जनवरी २०२६ देखि सम्पूर्ण राज्यमा लागू गरिनेछ।

मन्त्री राजेशले भने, ‘तमिलनाडुमा पहिले नै यस्तै योजना सफलतापूर्वक चलिरहेको छ, जसको केरला सरकारले अध्ययन गरेको छ। तमिलनाडुमा बोतल फिर्ता प्रक्रियालाई हेर्दा केरलाले यो मोडेल अपनाउने निर्णय गरेको छ।’

प्राप्त जानकारीअनुसार केरलामा बेभको आउटलेटहरुमार्फत हरेक वर्ष लगभग ७० करोड रक्सीका बोतलहरु बिक्री हुन्छन्। जसमध्ये ८० प्रतिशत प्लास्टिकका हुन्छन्। यी बोतलले सडक, नदी र सार्वजनिक स्थानमा फ्याँकिएर वातावरणलाई ठूलो क्षति पुर्याउँछन्।

मन्त्री राजेशले भने, ‘यो योजनाले सडकमा फ्याँकिएका बोतलहरुको समस्या समाधान गर्न मद्दत गर्नेछ। हाम्रो लक्ष्य प्लास्टिकको फोहोर घटाउनु र रिसाइक्लिङलाई प्रवर्द्धन गर्नु हो।’

बेभकोले मदिरा बिक्रीलाई अझ सुधार गर्न सुपर प्रिमियम आउटलेटहरु सुरु गर्ने योजना बनाएको छ। पहिलो सुपर प्रिमियम आउटलेट ५ अगस्ट २०२५ मा त्रिशूरमा खोलिनेछ। यी आउटलेटले ९०० रुपैयाँभन्दा माथिको विदेशी रक्सी बेच्नेछन्। सरकारले प्रत्येक जिल्लामा सुपर प्रिमियम आउटलेट सुरु गर्ने योजना बनाएको छ ता कि उपभोक्ताले राम्रो अनुभव पाउन सकून्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS