IME Life New

यो हो विश्वकै महँगो कुकुर, मूल्य यति कि ४५०० तोला सुन किन्न सकिन्छ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर विभिन्न जातका कुकुर पाइन्छ। धेरै विशेष नस्ल छन्, जुन मानिसहरु घरमा राख्न मन पराउँछन्। तपाइँलाई थाहा छ विश्वको सबैभन्दा महँगो कुकुर कुन हो ?

यसको नाम क्याडाबोम्ब ओकामी हो। यो वुल्फ डग हो। एक भारतीय ब्रिडरले यो नाम राखेका थिए। यसलाई एक भारतीयले ४४ लाख पाउन्ड (लगभग ७९ करोड २० लाख रुपैयाँ) मा किनेका छन्। यो मूल्यमा ४ हजार ५०० तोलामा सुन किन्न सकिन्छ। नेपाल बजारमा आज सुनको भाउ तोलाको १ लाख ७६ हजार रुपैयाँ छ। जुन हालसम्मकै उच्च हो।

Esewa
Crest

यो कुकुर ब्वाँसो र कोकेसियन शेफर्डको मिश्रण हो। यो यसअघि नै सेलिब्रेटी बनिसकेका छन्। यसलाई धेरै ठूला कार्यक्रममा देखिन्छ। मानिसहरु यसलाई हेर्न आतुर छन्। यसको उमेर मात्र ८ महिना र तौल ७५ किलो रहेको छ। यसको लम्बाइ ३० इन्च छ।

यो कुकुरले हरेक दिन ३ किलोग्राम काँचो कुखुरा खान्छ। यो महँगो कुकुर आफ्नो प्रकारको पहिलो हो भन्ने विश्वास गरिन्छ।

कुकरको मालिक ५१ वर्षीय एस सतीश हुन्। दुर्लभ नस्लको कुकुर किनेर उनी चर्चामा आएका छन्। सतीशले बेंगलुरुमा एउटा प्रसिद्ध कुकुर प्रजनन केन्द्र खोलेका छन्। त्यहाँ १५० भन्दा बढी विभिन्न नस्लका कुकुर छन्।

सतीश भारतीय कुकुर प्रजनन संघका अध्यक्ष पनि हुन्। उनले भने, ‘ओकामी निकै दुर्लभ प्रजाति हो र यो ठ्याक्कै ब्वाँसोजस्तै देखिन्छ। यो प्रजाति पहिले कहिल्यै बिक्रीका लागि प्रस्ताव गरिएको थिएन। यो कुकुर असाधारण छ र अमेरिकामा प्रजनन गरिएको थियो। मलाई कुकुर मन पर्छ। म असामान्य कुकुर राख्न चाहन्छु र तिनीहरुलाई भारत ल्याउन चाहन्छु। त्यसैले मैले ओकामीलाई किन्न ४४ लाख पाउन्ड खर्च गरेँ।’
सतीशले धेरै ठूला कार्यक्रममा यो नयाँ कुकुर देखाइसकेका छन्। चलचित्र प्रिमियरजस्तै यसले कर्नाटकमा सनसनी मच्चाएको छ। सतीशका अनुसार ओकामीको प्रिमियरमा उनको रेड कार्पेटमा हिँडेको भिडियोलाई अनलाइनमा झन्डै ३० लाख पटक हेरिएको छ। मानिसहरुले यो कुकुरलाई धेरै मन पराउँछन्।

दुर्लभ जातका कुकुर देखाएर सतीशले पैसा कमाउँछन्। आफ्नो विशेष कुकुरसँग कार्यक्रममा गएर उनले ३० मिनेटका लागि २ लाख ५० हजार भारुदेखि १० लाख भारुसम्म ५ घन्टामा कमाउँछन्।

कोकेसियन शेफर्ड बलियो कुकुर हुन्। तिनीहरु चिसो क्षेत्रहरु जस्तै जर्जिया, आर्मेनिया, अजरबैजान र रुसका केही भागमा पाइन्छ। यी अद्भुत गार्ड कुकुर प्रायः ब्वाँसोलाई पशुका बथानबाट टाढा राख्न प्रयोग गरिन्छ। यी कुकुरले पहाडमा भेडा र बाख्राको संरक्षण गर्छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS