IME Life New

यसरी भइरहेको छ केवाईसी अपडेटको नाममा ठगी, कसरी जोगिने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय नेपालमा केवाईसी अद्यावधिक (अपडेट)को नाममा डिजिटल ठगीका घटनाहरु बढ्न थालेको छ।

हाल बैंक तथा वित्तीय संस्थाको नाम र लोगो दुरुपयोग गरी केवाईसी विवरण अद्यावधिक गर्नुपर्ने बहानामा फोन, एसएमएस वा सामाजिक सञ्जालमार्फत लिंक पठाई डिजिटल ठगी गर्ने घटना बढ्दो क्रममा रहेको छ। यिनै ठगीबाट जोगिन नेपाल राष्ट्र बैंकले आज एउटा चेतनामूलक सूचना जारी गरेको छ।

Esewa
Crest

सूचनामा त्यस्ता ठगीबाट बच्न केही उपायहरु सुझाएको छ। यस्ता छन् सुझावः

याद राख्नुहोस्

  • बैंक तथा वित्तीय संस्थाले केवाईसी अपडेटका लागि कहिल्यै लिंक पठाउँदैनन्।
  • बैंक तथा वित्तीय संस्थाले ओटीपी, पिन, पासवर्डजस्ता गोप्य विवरण कहिल्यै माग्दैनन्।

यदि तपाइँले यस्ता सन्देश प्राप्त गर्नुभयो भने के गर्ने ?

  • अपरिचित वा शंकास्पद लिंक क्लिक नगर्नुहोस्।
  • फोन वा सन्देशमार्फत आएका सूचनामा तुरुन्तै विश्वास नगर्नुहोस्।

सुरक्षित रहन के गर्ने ?

  • केवाईसीसम्बन्धी जानकारी आधिकारिक वेबसाइट वा बैंकको शाखाबाट मात्र लिनुहोस्।
  • कुनै पनि शंका लागेमा आफ्नै बैंक वा वित्तीय संस्थामा सीधै सम्पर्क गर्नुहोस्।

राष्ट्र बैंकले सचेत नागरिक बनी सुरक्षित डिजिटल बैंकिङ अपनाउन सुझाव पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS