IME Life New

अमेरिकाको यो निर्णयले बेलायत र अस्ट्रेलियालाई लाग्न सक्छ झट्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाले बेलायत र अस्ट्रेलियासँग गरिएको पनडुब्बी सम्झौताको समीक्षा गर्न थालेको छ। अमेरिकाले यो सुरक्षा सम्झौता आफ्नो ‘अमेरिका फर्स्ट’ अजेन्डाअनुसार हुनुपर्ने निर्णय गरेको छ।

यो त्रिपक्षीय सम्झौतालाई चीनको बढ्दो शक्तिको प्रतिक्रियाका रुपमा हेरिएको छ। अस्ट्रेलियाले अमेरिकाबाट आफ्नो पहिलो आणविक शक्तिबाट चल्ने पनडुब्बी पाउनेछ।

Esewa
Crest

अस्ट्रेलिया र बेलायतले गत वर्ष आफ्नो समीक्षा गरेका थिए। दुवै देशले अमेरिकी अनुसन्धानलाई सामान्य मानेका छन् र नयाँ प्रशासनले सम्झौताको पुनर्मूल्यांकन गर्नु स्वाभाविक भएको बताएका छन्।

अमेरिकाले अस्ट्रेलियालाई आफ्नो सैन्य खर्च जीडीपीको २ प्रतिशतबाट बढाएर साढे ३ प्रतिशतमा पुर्याउन दबाब दिइरहेको बेला यो कदम चालिएको हो। अहिलेसम्म अस्ट्रेलियाले यसको विरोध गरेको छ।

करिब १७६ अर्ब पाउन्डको यो सम्झौता सन् २०२१ मा हस्ताक्षर भएको थियो। त्यसबेला तीन देशका विभिन्न नेताहरु यसमा संलग्न थिए।

एक अमेरिकी रक्षा अधिकारीले भने, ‘विभागले अघिल्लो प्रशासनमा गरिएको सम्झौता ‘अमेरिका फर्स्ट’ अजेन्डाअनुसार छ कि छैन भनेर सुनिश्चित गर्न समीक्षा गरिरहेको छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS