काठमाडौं । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आफ्नो नवौँ बजेट पेस गरिरहेकी छन्। बजेटमार्फत वित्तमन्त्री सीतारमणले सेक्योरिटी ट्रान्जेक्सन ट्याक्स (एसटीटी) बढाउने घोषणा गरेकी छन्।
मन्त्री सीतारमणले फ्युचर एन्ड अप्सनमा एसटीसी ०.०२ प्रतिशतले बढाएर ०.०५ प्रतिशत पुर्याउने प्रस्ताव गरेकी छन्। यो घोषणासँगै भारतीय शेयर बजारमा भारी गिरावट आएको छ।
भारतको केन्द्रीय बजेट २०२६।२७ पेस गर्दै सीतारमणले नयाँ इनकम ट्याक्स कानुन अप्रिलबाट लागू हुने बताइन्। उनले भनिन्, ‘इनकम ट्याक्सका नियमहरु अझै सजिलो बनाइनेछ। यसबारे छिट्टै सूचना जारी गरिनेछ।’ –एजेन्सी












