काठमाडौं । आज नेप्से परिसूचक ३० दशमलव ०८ अंकले बढेर २,७५४ को विन्दुमा कायम भएको छ । आज २४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३ अर्ब ८२ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको १७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ११ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ११ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













