काठमाडौं । आज आज नेप्से परिसूचक १ दशमलव ५३ अंकले बढेर २,६९५ को विन्दुमा कायम भएको छ । आज ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ८ अर्ब २२ करोडको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज यस कम्पनीको शेयर मूल्य ३३० रुपैयाँ कायम भएको छ । एसवाई प्यानलको ३८ करोड ५० लाखको शेयर कारोबार भएको छ । बन्दीपुरको २८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













