काठमाडौं । आज नेप्से परिसूचक ८ दशमलव १४ अंकले घटेर २,७२८ को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३ अर्ब ९० करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिटी होटलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १७ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुङगल हाइड्रोको १६ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ













