IME Life New

यस्ता छन् मौरीको बीमाका लागि पालना गर्नुपर्ने प्राविधिक व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । किसानको राम्रो आम्दानी स्रोत अहिले मौरीपालन व्यवसाय पनि हो। मौरीपालनबाट किसानले पछिल्लो समय मनग्य आम्दानी गर्दै आएका छन्।

मौरीपालनमा लगानीको प्रतिफल राम्रै भए पनि जोखिम पनि उत्तिकै हुन्छ। सोही कारणले नेपाल बीमा प्राधिकरणले किसानको मौरीपालनसम्बन्धी व्यवसाय सुरक्षित र भरपर्दो गरिदिन मौरी बीमालेख जारी गरेको छ।

Esewa
Crest

बीमितले न्यूनतम २ लाख रुपैयाँबराबरको दुर्घटना बीमा गर्नुपर्ने हुन्छ। आगलागी, बाढीपहिरो, चट्याङ, आकास्मिक दुर्घटना, जंगली जनावरको आक्रमण, रोगकीरा वा विषादीजन्य क्षतिमा बीमाले रक्षावरण गर्छ। मौरी स्थानान्तरण गर्दा चरनमा ल्याउँदा लैजाँदा घारमा भएको क्षतिमा पनि बीमा रक्षावरण गर्छ।

मौरी बीमालेखमा २०० रुपैयाँ बीमाशुल्क लाग्छ। यो बीमाशुल्कमा अनुदान उपलब्ध हुने छैन।

मौरी बीमालेखसम्बन्धी प्राविधिक व्यवस्था गरिएको छ। जसमा बीमितले पालना गर्नुपर्ने सर्तहरु उल्लेख गरिएका छन्।

यस्ता छन् सर्त

  • प्रत्येक मौरीको घारलाई सुरक्षित वा प्रस्टसँग देखिने गरी संकेत चिह्न लगाउनुपर्छ र सो खर्च बीमकबाट व्यहोरिनेछ।
  • मौरीपालन गरिएको वरिपरि मौरी चरनका लागि उपयुक्त व्यवस्था हुनुपर्छ।
  • बीमा गरिएको मौरीको घारको नियमित गोला निरीक्षण, उचित आहाराको व्यवस्था गर्नुपर्नेछ।
  • मौरीको घारलाई प्रतिकूल मौसमबाट सुरक्षित हुने गरी व्यवस्थापन गर्नुपर्नेछ।
  • बीमा गरिएको मौरी गोलामा कुनै रोग वा कीरा लागेमा तत्काल आफ्नै खर्चमा उचित स्याहार, रेखदेख तथा उपचार गराई सोको अभिलेख वा विवरण सुरक्षित रुपमा राख्नुपर्नेछ।
  • नयाँ मौरी गोलाको मंसिर १५ गतेदेखि माघ १५ गतेसम्मको अवधिमा बीमालेख जारी गर्न पाइने छैन।
  • आधुनिक घारमा पालन गरिएको मौरी गोलाको मात्र बीमा गर्नुपर्नेछ।
  • मौरी घार कम्तीमा ५ वटा फ्रेमले निर्माण गरिएको हुनुपर्नेछ।
  • मौरी तथा मौरी गोलालाई आवश्यक पर्ने आहार (कृत्रिम कुट, चिनीचास्नी र क्यान्डी) दुई सुरक्षित राख्नुपर्दछ।
  • एक घारदेखि अर्को घारबीचको दूरी कम्तीमा १.५ मिटरको हुनुपर्नेछ।
  • ५ वर्षभन्दा पुरानो मौरी घारमा पालिएको मौरीको बीमा गरिने छैन।
  • मौरीपालन गर्दा पालना गर्नुपर्ने प्राविधिक व्यवस्थाको अभिलेख राखिएको हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS