IME Life New

यी हुन् विश्वका सबैभन्दा सुरक्षित १० देश, नेपालको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका सबैभन्दा सुरक्षित देशहरुको सूची सार्वजनिक भएको छ।

सुरक्षित देशहरुको शीर्ष १० मा अमेरिका, बेलायत वा कुनै पनि शक्तिशाली युरोपेली देश स्थान पाएका छैनन्। बरु स्पेन र फ्रान्सको बीचमा अवस्थित दक्षिण–पश्चिम युरोपको सानो देश एन्डोरा शीर्ष स्थानमा परेको छ।

Esewa
Crest

नुम्बेओ सेफ्टी इन्डेक्सका अनुसार एन्डोरा विश्वको सबैभन्दा सुरक्षित देश हो। त्यस देशको जीवनस्तर र त्यहाँको अपराध दरका आधारमा सुरक्षित देशको वरियतामा तयार पारिएको हो।

यसैगरी एन्डोरापछि संयुक्त अरब इमिरेट्स सूचीमा दोस्रो स्थानमा छ। सुरक्षित देशको सूचीमा कतार तेस्रो, ताइवान र ओमान क्रमशः चौथो र पाँचौँ स्थानमा छन्। यद्यपि ताइवानलाई स्वतन्त्र राष्ट्रको रुपमा अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त छैन। तर यसले आफूलाई चीनबाट स्वतन्त्र संस्थाका रुपमा प्रस्तुत गर्दछ।

विश्वको सबैभन्दा शक्तिशाली सेना र उच्च प्राविधिक क्षमता भएको अमेरिका सुरक्षित राष्ट्रको शीर्ष ५० मा समेत परेको छैन। विश्वको सबैभन्दा सुरक्षित देशको सूचीमा अमेरिका ८९ औँ स्थानमा छ। जब कि बेलायत वसरयतामा ८७ औँ स्थानमा छ। यी दुईको तुलनामा भारत वरियतामा निकै माथि छ।

विश्वको सबैभन्दा सुरक्षित देशको सूचीमा नेपाल ४७ औँ स्थानमा रहेको छ भने छिमेकी मुलुक भारत ६६ औँ स्थानमा छ।
अर्को छिमेकी चीन यो सूचीमा १५ औँ स्थानमा छ। सूचीमा समावेश कुल १४७ देशमध्ये भेनेजुएला पुछारमा छ। त्यसपछि पपुवा न्युगिनी (१४६), हाइटी (१४५), अफगानिस्तान (१४४) र दक्षिण अफ्रिका (१४३) छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS