IME Life New

मानिसका यी ५ बानीले कमजोर बनाउँदैछ दिमाग, अहिले नसम्हालिए पछुताउनुपर्ला !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । के तपाइँ सोच्नुहुन्छ कि हामीले हाम्रो शरीरको अन्य अंगजस्तै दिमागलाई पनि ख्याल राख्नुपर्छ ? पक्कै पनि तपाइँले कम सोच्नुहुन्छ होला। दिमागलाई अरु अंगजस्तै भरपूर पोषण र आरामको आवश्यकता हुन्छ। यद्यपि, हामी हेलचेक्र्याइँ गर्छौं र दिमागको सुरक्षालाई हल्का रुपमा लिन्छौँ।

यदि तपाइँ दिमागको ख्याल राख्न चाहनुहुन्छ भने यी केही बानीबारे बेलैमा सोच्नुहोस्। जसले तपाइँको दिमागलाई कमजोर बनाइरहेका छन्। ती बानीका बारेमा तपाइँलाई पनि थाहा नहुन सक्छ।

Esewa
Crest

बिहान उठ्नेबित्तिकै मोबाइल हेर्नु

बिहान उठ्नेबित्तिकै मोबाइल हेर्दा मानिसको मागमा थुप्रै कुरा चल्न थाल्छ। जुन अति धेरै हुन सक्छ। यसको सट्टा दिमागलाई विस्तारै–विस्तारै जगाउनका लागि स्ट्रेचिङ, ध्यान वा प्राकृतिक किरणको मज्जा लिनेजस्ता गतिविधिले आफ्नो दिन सुरु गर्ने प्रयास गर्नुपर्छ।

लगातार जंक फुड सेवन

नियमित रुपमा जंक फुड सेवन गर्दा दिमागको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ। ती खानेकुरामा प्रायः पोषक तत्वको कमी हुन्छ र सुजनको कारण पनि बन्न सक्छ। जसले दिमागलाई प्रभावित गर्न सक्छ। आफ्नो दिमागलाई पोषण दिनका लागि पौष्टिक आहार सेवन गर्नुपर्छ।

पढ्ने कोसिस नगर्नु

पढाइले दिमागलाई उत्तेजित गर्छ र दिमागलाई तेज बनाउँछ। नियमित रुपमा नपढ्दा दिमाग स्थिरको कारण बन्न सक्छ। आफ्नो दिमागलाई सक्रिय र व्यस्त राख्नका लागि हरेक दिन केही न केही पढ्ने कोसिस गर्नुपर्छ।

व्यायाम नगर्नु

व्यायामले दिमाग रगतको फ्लो बढाउँछ। जसले मेन्टल क्ल्यारिटी र सोच्ने शक्ति बढाउँछ। दिमागलाई स्वस्थ राख्न दिनमा कम्तीमा ३० मिनेट व्यायाम गर्न आवश्यक हुन्छ। तर, प्रायः मानिस व्यायामलाई ध्यान दिँदैनन्।

नयाँ कुरा नसिक्ने

मानिसले नयाँ–नयाँ कुरा सिक्ने कोसिस गर्दा दिमागलाई लगातार चुनौती दिन्छ। यसले दिमागको गतिलाई बुस्ट गर्छ। एकै प्रकारको गतिविधिमा संलग्न हुँदा दिमागको विकासलाई सीमित गर्न सक्छ। त्यसैले हरेक दिन नयाँ कुरा सिक्ने कोसिस गर्नुपर्छ। चाहे त्यो कुनै शौख होस् वा भाषा वा अन्य कुनै चिज।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS