IME Life New

शेयर बजारमा असारमा यी १० कम्पनीको सर्वाधिक कारोबार, हाइड्रोपावरको वर्चश्व

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा गत आर्थिक वर्ष २०८१।८२ असारमा सर्वाधिक कारोबार भएका १० कम्पनी सूची सार्वजनिक भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज गत आर्थिक वर्षको असारमा सर्वाधिक कारोबार भएका १० कम्पनीको सूची सार्वजनिक गरेको हो। सर्वाधि कारोबार भएका सूचीमा हाइड्रोपावर कम्पनीकै वर्चश्व देखिएको छ।

Esewa
Crest

शीर्ष १० सूचीमा ८ वटा हाइड्रोपावर कम्पनी रहेका छन्। शीर्ष स्थानमा भने बुटवल पावर रहेको छ। गत आर्थिक वर्षको असारमा यस कम्पनीको १० अर्ब ३० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

यसैगरी दोस्रोमा सानिमा माई हाइड्रोपावर रहेको छ। यो कम्पनीको ७ अर्ब ८५ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

तेस्रोमा राधी विद्युतको ७ अर्ब ८३ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

त्यस्तै ङादी ग्रुप पावरको ७ अर्ब ८१ करोड रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ५ अर्ब ९६ करोड रुपैयाँ र साहार ऊर्जाको ५ अर्ब ९ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ।

गत वर्षका असारमा सिंगटी हाइड्रोको ४ अर्ब ५९ करोड रुपैयाँ, युनिभर्सल पावरको ४ अर्ब ४४ करोड रुपैयाँ, युनियन हाइड्रोपावरको ३ अर्ब ७८ करोड रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ३ अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS