काठमाडौं । शेयर बजारमा मंगलबार झिनो बढोत्तरी देखिएको छ। नेप्से परिसूचक ०.२२ प्रतिशतले घटेर २६००.५३ को विन्दुमा बन्द भएको छ।
नेप्से उपसमूहमा रहेका ५ वटा समूह आज उकालो लागेका छ भन् ८ वटा घटेका छन्। यो दिन बैंकिङ सर्वाधिक ०.४४ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक ०.९८ प्रतिशतले घटेको छ।
यो दिन बजारमा १०७ कम्पनीको शेयरभाउ बढेको छ भने १४२ वटाको घटेको छ। आज पौने ६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन सर्वाधिक कारोबार बुटवल पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- बुटवल पावरः २७ करोड ६५ लाख रुपैयाँ
- राधी विद्युतः २३ करोड ९६ लाख रुपैयाँ
- हिमालयन पावर पार्टनरः २३ करोड ८५ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २३ करोड रुपैयाँ
- ङादी ग्रुपः २१ करोड ४५ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः १७ करोड ९६ लाख रुपैयाँ
- सिंगटी हाइड्रोः १७ करोड ६७ लाख रुपैयाँ
- शिवश्री हाइड्रोपावरः १५ करोड १३ लाख रुपैयाँ
- जोशी हाइड्रोपावरः १४ करोड रुपैयाँ
- पाँचथर पावरः १३ करोड २२ लाख रुपैयाँ